कैलाली, बैतडी र डडेल्धुराका व्यक्तीमा पनि कोरोना पुष्टी, नेपालमा कुल संख्या ५०७ पुग्यो

धनगढी जेठ ९(ई-रैवार)
सुदूरपश्चिम प्रदेशका कैलाली, वैतडी र डडेल्धुइरामा कोरोना संक्रमित भेटिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या पाच सय सात पुगेको छ ।
शुक्रबार थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष र कैलालीका तीन जना र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।
कैलाली जानकी गाउँपालिकाका १९,२३ र २६ वर्षीय पुरूष,डडेल्धुराका २८ वर्षीय पुरूष, बैतडीका शिवनाथ-१ का २२ वर्षीय पुरूष र बाँकेका १८ देखि ६१ वर्षका पुरूषमा सक्रमण देखिएको हो। मोरङ रतुवामाई- २ का ४१ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।
संक्रमितहरूको हालको ठेगाना र स्थायी ठेगानाको आधारमा कान्ट्याक्ट ट्रेसिङको काम हुने मन्त्रालयले जनाएको छ।





प्रतिकृया दिनुहोस्