लुकिछिपि नेपालबाट भारततर्फ लैजादै गरेको गुट्खा र चुरोट बरामद
- Eraibar
- २०७७ जेष्ठ २, शुक्रबार १७:२२
- 21 Shares

कञ्चनपुर जेठ २(ईरैवार)
लुकिछिपि कञ्चनपुरको पुनर्वासबाट भारततर्फ लैजादै गरेको गुट्खा र चुरोट सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी गोबिन्द बजारले शुक्रबार बिहान एकसय ३० पोका मेघाश्री र १० डण्डा खुकुरी चुरोट बरामद गरेको हो ।
बिओपी गोबिन्द बजारका सशस्त्र प्रहरी निरीक्षक जगदीश बिष्टका अनुसार लुकुछिपी भारततर्फ टाँकोमा सामान बोकेर जानेक्रममा सशस्त्र प्रहरीले देखेपछी बोकिहिड्ने ब्यक्ती सामान छाडेर भागेका थिए ।
‘यहाँबाट फटिया र बैशाखी नाकाबाट सामान जान्छ भन्ने छ,’ प्रहरी निरीक्षक विष्टले भने,’त्यसैले सीमा क्षेत्रमा हुने अबैध आयत निर्यातलाई नियन्त्रण गर्न गणबाट थप टोली मगाएका छौं ।’ बरामद भएको सामान भन्सार चलान गरिने बिओपी गोबिन्द बजारले जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्