April 18, 2026, Saturday
२०८३ बैशाख ५

कञ्चनपुरका किसान ५० रुपैयाँ किलोमा ब्रोईलर कुखुरा बेच्न बाध्य

कञ्चनपुर चैत्र २२(ई-रैवार)
लकडाउनपछि कञ्चनपुरमा ब्रोईलर कुखुराको मुल्य ह्वात्तै घटेको छ । जसको मारमा कुखुरापालक किसान परेका छन् । कञ्चनपुरमा ५ सयभन्दा बढी किसान कुखुरापालन व्यवासयमा छन् ।
कुखुरा तथा अण्डा उत्पादन संघ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले आफुहरु अहिले गम्भिर संकटमा परेको बताए । ३ लाख ८० हजार कुखुरा तयारी अवस्थामा रहेको बतताउदै उनले सरकारले ढुवानी नरोकेपनि दाना नपाउदा व्यवसाय संकटमा परेको बताए ।
उनले यसअघि १० हजार तयारी कुखुरा नष्ट गरिएको समेत बताए । सरकारले किसानका लागि राहत प्याकेज घोषणा नगरे सयौं कृषक मारमा पर्ने उनी बताउँछन् । आफूहरुलाई घुम्ती सेवामार्फत निश्चित समय तोकेर भए पनि उत्पादित कुखुरा बेच्ने अवस्था सिर्जना भए थोरै भए पनि राहत हुने उनले बताए । उनले भने, ‘आलुको मुल्य ५० देखि ७० रुपैयाँ प्रतिकेजी छ । हामीले भने पोल्टी फार्ममा आउनेलाई ५०÷६० रुपैयाँ प्रतिकिलोमा बोइलर कुखुरा बेचिरहेका छौं ।’