धनगढीमा अब तीनघण्टामात्रै खाद्यान्न पसल खुल्ने
- Eraibar
- २०७६ चैत्र २१, शुक्रबार २०:००
- 94 Shares

धनगढी चैत्र २१(ई-रैवार)
शनिबारदेखि धनगढीमा तीन घण्टा मात्रै खाद्य पसलहरु सञ्चालन गर्न पाईने भएको छ । सरोकारवालाहरुको बैठकले लकडाउन अवधिमा बिहान तीन घण्टाका लागि खाद्य पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
शनिवारदेखि लागु हुने गरी खाद्यान्न, तरकारी र दुग्धजन्य व्यवसायका पसल बिहान ६ बजे देखि ९ बजे सम्म मात्रै संचालन गर्न दिने र ग्राहकहरुसंग सामाजिक दुरी ३ फिट कायम गर्न अनुरोध गर्ने निर्णय भएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरद्धारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ ।
यस्तै शुक्रबार बसेको बैठकले मोटरसाईकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने समेत निर्णय भएको धनगढी उप–महानगरपालिकाले जनाएको छ । दैनिक उपभोग्य सामाग्रीहरुको होमडेलीभरी गर्न चाहने ब्यावसायीहरुलाई भने स्थानीय सरकारले अनुमती दिएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्