April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढीमा कोरोना परिक्षण, पहिलो नतिजा ‘नेगेटीभ’

धनगढी चैत्र २०(ई-रैवार)
धनगढीमा पहिलोपल्ट नोवेल कोरोनाभाईरस(कोभिड-१९) को परिक्षण गरिएको छ । सेती प्रादेशिक अस्पतालमा रियल टाइम पीसीआर मेसिनबाट बिहीबार साँझबाट परिक्षण शुरु गरिएको हो। बुधबारदेखि प्रयोगशाला जडानको कार्य थालेको विज्ञ टोलीले परिक्षणको कार्य शुरु गरेको छ।
पहिलो परिक्षणको नतिजा नेगेटिभ आएको छ । मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिल प्रसाद लेखकले पहिलो परिक्षणको नतिजा नेगेटिभ आएको बताए । उनले क्रमिक रुपमा १-१ जनाको परिक्षण गर्दै जाने बताए। परिक्षणको रिपोर्ट १-१ घण्टामा आउने बताइएको छ।
सेती प्रादेशिक अस्पतालमा हालसम्म २४ जना शंकास्पद विरामी छन् । जसमध्ये १ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ। भने जसमध्ये २६ जनाको रिपार्ट नेगिेटिभ देखिएको हो। १४ जनाको रिपार्ट आउन बाँकी रहेको अस्पतालले विज्ञप्ती जारी गरी जनाएको छ।