April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुराको एउटा सिङ्गो गाउँमा रुघाखोकी, कोरोनाको सन्त्रास

बाजुरा चैत्र १८(ई-रैवार)
गाउँमा तीनसय बढी परिवार छन् । करिब दुईसयभन्दा बढीमा रुघाखोकी लागेको छ ।
यो अवस्था बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको हो । जहाँ एकसातादेखी रुघाखोकी फैलिएको छ । रुघाखोकी दुई सय पाँचजनासम्ममा फैलिएको वडाध्यक्ष दिपक रावतले बताए । ‘ज्वरो आउने, खोकी र रिङ्गटा लाग्ने, र शरिर थकीत हुने लक्षण रहेको बिरामी भन्छन्,’ उनले भने । यसरी गाउँभर रुघाखोकी भेटिएपछि सन्त्रास बढेको स्थानीय बताउछन् । कोरोनाको लक्षण होकी भन्ने आशंकामा पनि गाउँ त्रसित बनेका हुन् ।
यता मौसमी परिवर्तनका कारण रुघाखोकी फैलनसक्ने भएकाले डराउनु पर्ने अवस्था नरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावत बताउछन् । गाउँमा रुघाखोकी फैलिएपछि स्वास्थ्यकर्मीको टोली गाउँमै गएर स्वास्थ्योपचार गरिरहेको उनले बताए ।