April 18, 2026, Saturday
२०८३ बैशाख ५

कोरोना जोखिम घटाउन सडकमा किटनाशक औषधि

धनगढी चैत्र १३(ई-रैवार)
धनगढी उप–महानगरपालिकाले कोभिड– १९ रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा किटनाशक औषधि छर्किन सुरु गरेको छ। बिहीबार चौराहादेखि मनहेराको पेटो«ल पम्म र हसनपुर राष्ट्रबैंक चोकदेखि धनगढी उप–महानगरपालिकाको गेटसम्म औषधि छर्किने काम गरिएको छ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सम्भव भएसम्म नगरका सबै क्षेत्रमा औषधि छर्किने बताएका छन्। उनले भने, ‘औषधी छर्किने काम पानी छर्किने ट्यांकरबाट गरिरहेकाले सबै गल्लीहरुमा ट्यांकर प्रवेश नगर्न सक्छ। धनगढी उप–महानगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएससम्म काम गरिरहेको छ त्यसैले संवेदनशील अवस्थामा सबैको समन्वय आवश्यक छ।
धनगढी उप–महानगरपालिको दमकल शाखा इन्चार्ज काशीराम अर्यालले नगरक्षेत्रमा निरन्तर औषधी छर्किने बताए। उनले भने, ‘औषधि केही गन्हाउने हुन्छ, त्यसमा अप्ठेरो नमान्न नगरवासीमा अनुरोध गर्दछौं।’