April 18, 2026, Saturday
२०८३ बैशाख ५

गौरीफन्टा नाकामा सयौँ नेपाली अलपत्र, नेपाल प्रवेश गर्नखोज्दा झडप

धनगढी चैत्र ११(ई-रैवार)
नेपाल पूर्ण रुपमा लकडाउन गरिपछि भारतबाट नेपाल आउनलागेका सयौँ नेपाली गौरीफण्टा नाकामा अलपत्र परेका छन् । सोमबार रातीदेखी नै सयौँ नेपाली अलपत्र हुन। उनीहरुले नेपाल प्रवेशको अनुमती पाएका छैनन् भने सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दशगजामै रोक्न सकस भईरहेको छ।
अलपत्र परेका नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन् । उनीहरु दशगजना क्षेत्रबाट नेपाली भुमीमा प्रवेश गरिसकेका छन्।
मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको छ । यसक्रममा सुरक्षाकर्मी र अलपत्र नेपालीका बिचमा तनाबको स्थिती सिर्जना भएको छ ।
यता स्थानीय प्रशासनले भने उनीहरुलाई प्रवेश गराउनका लागि गृह मन्त्रालयको आदेश पर्खिरहेको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृहसंग समन्वय भईरहेको बताउँदै अलपत्र नेपालीलाई गन्तव्यमा पुगाउन पहल भईरहेको जानकारी दिए। उनले भने, ‘सोमवार साँझ सम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमती भएपनि राती समेत आउने क्रम जारी भएकाले उनीहरु अहिले सीमा क्षेत्रमै रोकेका छौ। उनीहरुलाई प्रवेश अनुमती दिने वा नदिने विषयमा कुनै निर्णय हुन सकेको छैन्। गन्तव्य सम्म पुगाउन पहल थरिरहेका छौ।’