June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

चिसोका कारण धनगढीका विद्यालयमा दुई दिन बिदा

धनगढी पुस ३(ई-रैवार)
चिसोका कारण धनगढी उप–महानगर क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिने निर्णय भएको छ। धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहिवार र शुक्रवार बन्द गर्ने निर्णय भएको हो। उप–महानगरपालिकाका उपसचिव विष्णुप्रशाद कोईरालाले आज विहान मात्रै बिहिवार र शुक्रवार उप–महानगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय भएको पुष्टि गरे।
उनले शनिबारको मौसमपछि फेरी के गर्ने भन्ने बिषयमा छलफल हुने बताए। उप–महानगरपालिकाले आज विहान मात्रै बन्द गर्ने निर्णय गरेका कारण धेरै विद्यालय भने आज सञ्चालनमा रहेका छन्। उता भिमदत्त नगरपालिका महेन्द्रनगर कंचनपुरले भने चिसोका कारण आज र भोली बिद्यालय बन्द गर्ने निर्णय हिजो नै गरिसकेको छ।