August 20, 2026, Thursday
२०८३ भाद्र ५

जनेपाले राजसंस्था र हिन्दु राज्यका पक्षमा हस्ताक्षर अभियान चलाउने, को-को बने केन्द्रीय सदस्य ?

काठमाडौं : धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

बिहीबार काठमाडौंमा बसेको प्रथम केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनका लागि सरकारले राय–सुझाव संकलन गरिरहेका बेला हस्ताक्षर अभियानमार्फत जनमत निर्माण गर्दै सम्बन्धित निकायमाथि दबाब सिर्जना गर्ने निर्णय गरेको अध्यक्ष राणाले जानकारी दिए।

बैठकले गौहत्या तथा गाईको मासु सेवनमा रोक लगाउन माग गर्दै भदौमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। यस्तै, विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिलाई पार्टीमा गोलबन्द गर्न वार्ता समिति गठन गर्ने निर्णय भएको छ।

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीबाट उम्मेदवार बन्न इच्छुक योग्य तथा लोकप्रिय नागरिकलाई सार्वजनिक आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ।

पार्टीले भदौ र असोजभित्र ७७ वटै जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने तयारी गरेको छ। त्यसका लागि केन्द्रीय सदस्यलाई विभिन्न जिल्लामा टोली बनाएर खटाइने राणाले बताए।

जनेपाको आज बसेको पहिलो केन्द्रीय समिति बैठकमा ७९ केन्द्रीय सदस्यको नाम सहितको माइन्युट गरिएपनि कतिपयले हस्ताक्षर गरेका छैनन् ।

जय नेपाल पार्टीका केन्द्रीय सदस्यको सूचीः

डा. धवलशमशेर राणा, मुकुन्दश्याम गिरी, दिलविकास राजभण्डारी, नारायणप्रसाद कोइराला, कर्णबहादुर शाही, केशवराज श्रेष्ठ, नवराज सिंम्खडा, सगुन सुन्दर लावती, धनसुर शाही, सुरेश आचार्य, प्रज्वल बोहरा, चिरागमान सिंह कुँवर, शशांक शमशेर थापा, रञ्जन कार्की, फणिराज लोहनी, प्रकाशजंग कार्की, उदयराज पोखरेल, रामराज कोइराला, लाल गोपाल आचार्य, खड्का बहादुर घिमिरे, कालीबहादुर शाही, महेन्द्रजंग शाह, शशिकुमार सिलवाल, किरण ढुंगेल, प्रभातनाथ योगी, निराज बम केन्द्रीय सदस्य बनेका छन् ।

थप केन्द्रीय सदस्यहरुमा केदारबहादुर धमला, जनकबहादु सिंह, दमन बस्नेत, प्रेम देशार, विकास कपाली, यादवराज पाण्डे, ठमानसिंह तामाङ, पशुपति कठायत, होमनाथ गौतम, जयप्रकाश बगाले, इश्वरी प्रसाद भट्टराई, मनसुर सुनार, रामनरेश यादव, भिम बहादुर शाही, नबोदित गिरी, प्रेम चन्द, विश्वदेव शाह, चेतनाथ थापा, कृष्णबहादुर बस्नेत, शरानकुमार सिंह, पवित्रा सुब्बा, मिना हाही, राधाकुमारी शाह, उमा श्रेष्ठ, लक्ष्मीकुमारी हमाल, राधिका जोशी, समृद्धि राज्य लक्ष्मी राणा, सुमिरा, अञ्जना शाह रावल, रामदेवी महर्जन, बविना मोक्तान लावती, अञ्जकुमारी थपलिया, रेश्मा राणा संगिता सिलवाल, उगुना शाही, सोनिसा रिजाल, सुश्मा रिजाल रेग्मी, शान्ताकुमारी चन्द, रमिता देशार, प्रमिला थापा श्रेष्ठ, बबि शाह, मनमाया बम्जन तामाङ, गोविन्द बहादुर बोगटी, अञ्जु श्रेष्ठ खत्री, प्रेमनाथ दुलाल, कविता आचार्य, कासिन्दा यादव, उमेश कुमार, नानी मैया आचार्य, चम्पादेवी अधिकारी, बेदबहादुर शाही, डा. गोविन्द प्रसाद आचार्य, शाइजन शेर्पा लगायत छन् ।