धनगढीमा ‘नागरिक सद्भाव र्याली’ आयोजना गरिने

धनगढी : धनगढीमा ‘नागरिक सद्भाव र्याली’ आयोजना गरिने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा आईतबार बसेको बैठकले नागरिक सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीको आह्वानमा आयोजित बैठकमा बिभिन्न नागरिक समाज, धर्मगूरु, समुदायकका अगुवाहरुको उपस्तीथि रहेको थियो । प्रजिअ रेग्मीका अनुसार कैलाली जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ ।
पछिल्लो समय देशका केही जिल्लामा देखिएका धार्मिक तनाव र सामाजिक असहिष्णुतालाई मध्यनजर गर्दै कैलालीमा शान्ति, सुरक्षा र आपसी सद्भाव कायम राख्न विशेष सतर्कता अपनाउने र कैलाली उद्योग वाणिज्य संघ धनगढीको अगुवाइमा राजनीतिक दल, धार्मिक समुदाय, व्यवसायी, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज तथा सर्वसाधारणको सहभागितामा साउन १८ गते धनगढीमा ‘नागरिक सद्भाव ¥याली’ आयोजना गरिने प्रजिअ रेग्मीले बताए । र्यालीमार्फत शान्ति, सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गरिने जनाइएको छ ।
साथै सबै स्थानीय तहमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन वा पुनर्गठन गरिनेछ । कुनै एक धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने गरी सभा, जुलुस वा र्याली नगर्न तथा अर्को समुदायको धार्मिक आस्थामा असर पुग्ने गतिविधि नगर्न पनि आग्रह गरिएको छ ।
यस्तै, सामाजिक सञ्जालमा भड्काउ सामग्री पोस्ट, लाइक वा सेयर गरेर धार्मिक सद्भाव बिथोल्ने प्रयास गर्ने व्यक्ति वा संस्थामाथि तत्काल कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।
बैठकले हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै भारतसँग जोडिएका सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबै यात्रुले अनिवार्य रूपमा आफ्नो आधिकारिक परिचयपत्र (Identity Card) देखाएर मात्र प्रवेश गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय पनि गरेको छ।



प्रतिकृया दिनुहोस्