देशभर १३ लाख ७० हजार हेक्टरमा धान रोपाइँ, सुदूरपश्चिममा ९७ प्रतिशत

काठमाडौँ : देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार मङ्गलबारसम्म देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।
कृषि विभागका प्रवक्ता एवम् उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको दोस्रो सातासम्म कोशी प्रदेशमा ८६.९७ प्रतिशत, मधेसमा ७७.८८ प्रतिशत, बागमतीमा ८७.०९ प्रतिशत, गण्डकीमा ८०.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशमा ८८.९९ प्रतिशत, कर्णालीमा ८८.२२ प्रतिशत र सुदूरपश्चिममा ९७.९३ प्रतिशत धान रोपाइँ भएको छ ।
देशभरमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ११ लाख ७४ हजार ३९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको विगतभो तथ्याङ्क छ ।
गत वर्ष साउन ११ गतेसम्म देशभर ७८.८४ प्रतिशत धान रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यस वर्ष सात प्रतिशत धान रोपाइँ वृद्धि भएको छ ।
विभागका अनुसार गत वर्ष २०८२ साउन ११ गतेसम्म कोशीमा ८०.३९ प्रतिशत, मधेसमा ५१.८२ प्रतिशत, बागमतीमा ८७.८८ प्रतिशत, गण्डकीमा ८४.५३ प्रतिशत, लुम्बिनीमा ९२.०४ प्रतिशत, कर्णालीमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत धान धान रोपाइँ भएको थियो ।
यस वर्ष साउन दोस्रो सातासम्म कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये दुई लाख ४० हजार ३७७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
मधेस प्रदेशमा तीन लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रफलमध्ये तीन लाख ५८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । बागमती प्रदेशमा एक लाख १४ हजार ५२४ हेक्टर क्षेत्रफलमध्ये ९९ हजार ७४४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टर क्षेत्रफलमध्ये ७५ हजार ५६२ हेक्टर क्षेत्रफलमा धन रोपाइँ भएको छ ।
यसैगरी, लुम्बिनीमा तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये दुई लाख ६८ हजार १९७ हेक्टर क्षेत्रफलमा, कर्णालीमा ४३ लाख २९० हेक्टर क्षेत्रफलमध्ये ३८ हजार १८९ हेक्टर क्षेत्रफल र सुदूरपश्चिम प्रदेशमा एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये एक लाख ५१ हजार७४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
साउनको ४ गतेसम्म देशभर ७५ प्रतिशत धान रोपाइँ भएको थियो । सो अवधिसम्म गत वर्षभन्दा दुई प्रतिशत बढी धान रोपाइँ भएको थियो ।
गत वर्ष साउन ११ गतेसम्म कोशीमा ८०.३९ प्रतिशत, मधेशमा ५१.८२ प्रतिशत, बागमतीमा ८७.८८ प्रतिशत, गण्डकीमा ८४.५३ प्रतिशत, लुम्बिनीमा ९२.०४ प्रतिशत, कर्णालीमा ९१.३८ प्रतिशत र सुदूरपश्चिममा ९८.९४ प्रतिशत धान रोपाइँ भएको थियो । गत वर्ष साउनको दोस्रो सातासम्म ७८.८४ प्रतिशत धान रोपाइँ भएको तथ्याङ्क छ ।





प्रतिकृया दिनुहोस्