नेपाली भूमि अतिक्रमण हुन दिन्नौः दहाल

मिन बम
धनगढी मंसिर १९: पूर्व प्रधानमन्त्री एबम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि अतिक्रमण हुन नदिने बताएका छन् । प्रेस सङ्गठन कैलालीद्वरा बिहिबार धनगढीमा आयोतिक पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
‘लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि हो,’ उनले भने,‘त्यो कुनैपनि अवस्थामा अतिक्रमण हुन दिदैनौ ।’ उनले जनताको भावना अनुसार नै सीमाका बारेमा सरकारले भारतलाई चिठि लेखेको स्पष्ट पारे । उनले वार्ता र छलफलबाटै सीमा विवाद हल गर्नुपर्ने बताए । ‘शुरुमा यो विषयलाई वार्ता र छलफलबाट समाधान गरिनुपर्छ । अहिल्यै अन्तर्राष्ट्रियकरण गर्न हुदैन,’ उनले भने ।
पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालका लागि भारतीय पूर्वराजदुत श्यामशरणले यस बिषयलाई राजनीतिकरण गर्न नहुने भन्ने दिएको वक्तव्य उचित नभएको बताए । उनले भने,‘सीमा बिवादलाई राजनीतिकरण देख्ने श्यामशरणको दृष्टिदोष हो ।’





प्रतिकृया दिनुहोस्