चितुवाको आक्रमणवाट एक बालकको मृत्यु

बैतडी भदौ २१(ई-रैवार): चितुवाको आक्रमणवाट बैतडीको तल्लोस्वराडमा शुक्रवार राती एक बालकको ज्यान गएको छ। शिवनाथ गाउँपालिका वडा नम्वर २ टाणीखर्कका रामसिंह मडैका ७ बर्षीय छोरा सुदीप मडैको चितुवाको आक्रमणवाट ज्यान गएको हो। शुक्रवार बेलुका साढे ७ बजे घरको आँगनमा खेलीरहेका बेला एक्कासी चितुवाले बालकमाथि आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।
चितुवाले आक्रमण गर्दै लगेका बालकको सवा ११ बजेतिर घरभन्दा ५ सय मिटर टाढा दक्षिणतिरको चिरभोले जंगलमा शव क्षेतबिच्छेद अवस्थामा फेला परेको उनले जानकारी दिए। बालकको शव परिक्षणको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।
यसैबिच चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि सो क्षेत्रका बासिन्दामा फेरी त्रास फैलिएको छ। सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट २०६८ सालयता २४ जनाको ज्यान गइसकेको छ।





प्रतिकृया दिनुहोस्