March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

एमालेले महाधिवेशनका लागि १६ दललाई दियो निम्तो

काठमाडौं : नेकपा एमालेले पार्टीको ११औं महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निम्तो गरेको छ । एमालेले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको जनाएकोे हो ।

एमालेले महाधिवेशन अतिथि सत्कार समितिकी सदस्य सुनिता बरालका अनुसार महाधिवेशन नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा) लाई आमन्त्रण गरिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो गरिएको छ । रास्वपाका कार्यवहाक सभापति डिपी अर्याललाई आमन्त्रण गरिएको छ ।

यसबाहेक एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, राष्ट्रिय जनमोर्चालाई निम्तो गरिएको छ ।

बरालका अनुसार, जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीलाई निम्तो गरिएको छ ।