प्रधानमन्त्रीविरुद्ध स्टाटस लेख्दा पक्राउ परेका विद्याथी नेता छुटे

धनगढी, भदौ ९(ई-रैवार) : प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत गालीगलौज गरेको भन्दै कैलालीको लम्की बाट पक्राउ परेका हृदय उपाध्यायलाइ प्रहरीले आज रिहा गरेको छ ।
नेपाली कांग्रेशका जिल्ला नेताहरुको रहोबरमा आईन्दा यस्ता स्ट्याटस नलेख्ने गरी प्रहरीले उनलाइ रिहा गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता डिएसपी दक्ष कुमार बस्नेतले बताए । २६ वर्षीय उपाध्याय नेविसंघ कैलाली क्षेत्रनम्बर २ का क्षेत्रिय उपाध्यक्ष हुन । उपाध्यायले केही दिन पहिले फेसबुकमा प्रधानमन्त्रीलाई लक्षित गर्दै ‘मुलुक हाँक्ने उखाने हप्तै पिच्छे स्वास्थ्य परिक्षण गर्न सिङ्गापुर उडछन् बिचरा जनता’ भन्दै स्टाटस लेखेका छन् । यस्तै उनले ‘मृगौलाले काम गर्न छाडे जे हुन्छ राम्रो हुन्छ शुभ समाचार सुन्न पाइन्छ’ स्टाटस पनि लेखेका थिए । यस्तै नेपाल प्रहरीका प्रबक्ता डिआइजि विश्वराज पोखरेलको कमेन्टमा जथाभावी लेखेको आरोपमा प्रकाउ परेका कैलाली घोडाघोडी–५ का मकर रावतलाइ पनि रिहा गरीएएको प्रबक्ता बस्नेतले बताए ।
प्रतिकृया दिनुहोस्