March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा

टीकापुर भदौ ९(ई–रैवार) : टीकापुरबाट सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा गरिएको छ। थरुहट एकता र सामाजिक सद्वभावका लागि भन्दै आयोजना गरिएको थरुहट९थारुवान राष्ट्रिय सम्मलेनमा सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा गरिएको हो।
थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहट९थारुवान राष्ट्रिय मोर्चा गठन गर्दै राष्ट्रिय सम्मेलन पनि सम्पन्न भएको छ। मोर्चाको प्रवक्ता मीनराज चौधरीका अनुुसार सम्मेलनले १५ बुँदे टीकापुर घोषणापत्र जारी गरेको छ।
सम्मेलनले पहिचान पक्षधरलाई एकताबद्ध गरेको घोषणा पत्रमा उल्लेख गरेको छ। बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत भएको घोषणापत्रमा उल्लेख छ। तराई मधेशमा जारी आन्दोलनपछि छानबिन गर्न गठित गिरिशचन्द्र लाल सहितको विभिन्न प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई अबिलम्ब माग सो घोषणा पत्रमार्फत् गरिएको प्रवक्ता चौधरीले जानकारी दिए।
भदौ ८ गतेको दिन कर्फ्यू जारी भएकै अवस्थामा टीकापुरका थारु समुदायको भौतिक संरचनामा आगजनी गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने माग समेत गरिएको छ भने संघर्ष समिति र सरकारबीच विभिन्न समयमा भएको १३ बुँदे सहमति कार्यान्वयन गर्न जोडदार रुपमा सो घोषणा पत्रमार्फत माग गरिएको छ।
हालको ७ प्रदेशको संरचना कुनै पनि हालतमा नमान्ने उद्घोष गर्दै जातीय पृष्ठभूमिको आधारमा पहिचान सहितको १० जोड १ को थरुहट९थारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग सारिएको छ भने संघीय निजामती ऐन सशोधन गरी राज्यका सबै निकायमा जातीय जनसंख्याको आधारमा लोक सेवा आयोगले विज्ञापन जारी गर्नुपर्ने पनि सो घोषणापत्रमा उल्लेख भएको प्रवक्ता चौधरीले बताए।
सम्मेलनले ३ चरणको आन्दोलनको तालिका तय गरेको छ। पहिलो चरण अन्तर्गत तराई जिल्लामा प्रचारात्क तथा संगठन विस्तारको कार्यक्रम अगाडि बढाउने भएको छ। दोसो चरणमा कोणसभा, विरोधसभार्, र्याली, जनप्रदर्शनका कार्यक्रमलाई मोर्चाले तराईका जिल्लामा सशक्त रुपमा सञ्चालन गर्ने रणनीति तय गरेको छ।
सोहीबीचमा तराईको जिल्लाको १० ठाउँमा आमसभा गर्ने जनाएको छ तर ठाउँ र समय भने तय हुन बाँकी रहेको प्रवक्ता चौधरीले बताए। मोर्चाले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने जनाएको छ। मोर्चाले आफ्नो तेस्रो चरणको कार्यक्रम अन्तर्गत थारु बहुल क्षेत्रमा लाठी जुुलुुश, मसाल जुुलुुश प्रदर्शन गर्ने, सरकारलाई असहयोग आन्दोलन गर्ने अभियान सञ्चालन गर्ने भएको छ।
थरुहट–थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो भने भदौ ८ गते कर्फ्यू जारी भएकै अवस्थामा थारु समुदायका ८८ वटा घर, पसल, एफएम लगायत संरचनामाथि आगजनि भएको थियो।