एनपिएल दोस्रो सिजन : काठमाडौं गोर्खाजको विजयी सुरुवात

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा काठमान्डु गोर्खाजले विजयी सुरूवात गरेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड र प्यारापिटमा १० हजार बढी दर्शकका बीच भएको पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको हो।
जितको लागि १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। राम्रो सुरुवात गरेको काठमाडौंका ओपनरद्वय आकाश त्रिपाठी र बेन चार्लसवर्थले पहिलो पावर विना कुनै विकेटको नोक्सानीमा ५५ रन जोडे।
पहिलो विकेटको लागि दुई ओपनरले ७० रनको साझेदारी गर्दै काठिमाण्डौको जितलाई सहज बनाइदिए। जनकपुरका बलरलाई पहिलो विकेट निकाल्न नवौं ओभर नै कुर्नुपर्यो। जान निकलोलले बेनलाई कट-एण्ड-बोल्ड गरे। बेनले २३ बलमा ५ चौका र २ छक्का सहित ४६ रन जोड्दै उत्कृष्ट ब्याटिङ गरे। उनी अर्धशतकबाट भने ४ रनले चुके।
लगत्तै आकाश चन्द ३ रनमा ललित नारायण राजवंशीको बलमा आउट भए। यतिखेर काठमाडाैंले ७५ रन बनाएको थियो। तेस्रो विकेट सञ्जय कृष्णमुर्तीले १६ औं ओभरमा लिए।
आकाश चन्द ३९ रनमा पबिलियन फर्किए। यसपछि मिलिन्द कुमार १९ रनमा किशोर महतोको बलमा आउट भए। उनी आउट हुँदा काठमाडौंलाई १८ बलमा ९ रन जरूरी थियो। अर्को बलमा अनिल शाहले १३ रन बनाएका जोन सिम्पसनलाई एलबिडब्लु धरापमा पारे।

बलिङमा ललित, किशोर, अनिल, जान निकोल र सञ्जयले समान १ विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा काठमाडौंका करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङमा आएको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनायो।
पहिलो पावर प्लेमा जनकपुरले २ विकेट गुमाएर ४० रन मात्र बनायो। ओपनरद्वय आशिफ शेख र लाहिरु मिलान्थाले पहिलो ३ ओभरमा ३२ रन बनाए। चौथो ओभरमा करणले १ रन मात्र दिए। यसपछि मिलिन्द कुमारले पाँचौ ओभरमा २ विकेट झारे।
७ रन बनाएका मिलिन्द पाँचौं ओभरको तेस्रो बलमा आउट भए। यसपछि कप्तान अनिल शाह सामना गरेको दोस्रो बलमा रनको खाता नखोली मिलिन्दको बलमा जेराड इरासमसद्वारा कमयाड आउट भए।
मिलिन्दले नै तेस्रो विकेट लिए। जान निकोल लोफ्टी २ रनमा बोल्ड आउट भए। ३ विकेटको नोक्सानीमा जनकपुरले मात्र ४२ रन बनाउँदै कमजोर सुरुवात गर्यो।
नवौं ओभरमा सञ्जय कृष्णमुर्ती चौथो विकेटको रूपमा आउट भए। २ रन जोडेका उनी सन्तोष यादवको बलमा आउट भए। क्रिजमा टिकेका ओपनर आशिफले ३७ बलमा अर्धशतक बनाए।
३७ बल खेल्दै ६ चौका र १ छक्का सहित ५१ रन जोडे। अर्धशतक बनाए लगतै उनी ५४ रनना साहाब आलामको बलमा आउट भए। आशिफ आउट हुँदा जनकपुरले १३ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा ७८ रन मात्र बनाएको थियो।
लाहिरु समाराकुन २३ रन जोडेर आउट भए भने मयंक यादव रनमा ३४ रनमा अविजित रहे। आदिल अलाम ८ रनमा अविजित रहे।
बलिङमा मिलिन्दले सर्वाधिक ३ विकेटले लिए। ४ ओभरमा उनले मात्र १५ रन दिए। करण, साहब र सन्तोषले १-१ विकेट लिए।
त्यसअघि प्रधानमन्त्री सुशीला कार्कीले एनपिएलको उद्घाटन गरेकी थिइन्। यो पटक च्याम्पियन बन्न ८ फ्रेन्चाइज टिमले २७ दिन, कुल ३२ खेल खेल्नेछन्। फाइनल खेल मंसिर २७ गते हुनेछ।
यो पटक पहिलो संस्करणको जतिकै विजेताले १ करोड १० लाख, दोस्रो हुने टिमले ५१ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। टियु क्रिकेट मैदानमा पहिलो पटक आज फ्लड लाइटमा खेल भएको छ।
भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।



प्रतिकृया दिनुहोस्