जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएका २ वटा पेस्तोल र २८ राउन्ड गोलीसहित ४ जना पक्राउ

धनगढी : धनगढी : कैलालीको चौमालाबाट दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जनालाई पक्राउ गरिएको छ । जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएका दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले मंगलबार गौरीगंगा नगरपालिकाको चौमालाबाट गौरीगंगा नगरपालिका-१ बस्ने १९ वर्षीय समीर खड्का, १९ कै आभाष चन्द, गौरीगंगा-३ बस्ने २२ वर्षीय जिवेश सापकोटा र हिमाल आचार्य पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले उनीहरू चारै जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको पुष्टि गरे। चन्दले उनीहरूको साथबाट टाईप-५४ र रिभल्भर गरेर दुई वटा पेस्तोल तथा २८ राउन्ड गोली बरामद गरिएको बताए।
पक्राउ परेकाहरूले जेनजी आन्दोलनका क्रममा ती हतियार ट्राफिक महाशाखा बग्गीखानाबाट लुटेको बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई अपराध महाशाखा काठमाडौं पठाउने तयारी भइरहेको छ ।



                                                        
                                                        
                                                        
                                                        
                                                        
प्रतिकृया दिनुहोस्