May 3, 2026, Sunday
२०८३ बैशाख २०

राष्ट्रिय सभाको अधिवेशन अन्त्य, अध्यादेश ल्याउने बाटो खुल्यो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मंगलबार रातिदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको हो । प्रतिनिधि सभा यस अघि नै विघटन भइसकेकाले र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेसँगै सरकारलाई अध्यायदेश ल्याउने बाटो खुलेको छ ।