नवनियुक्त प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौँ : नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । आज बिहान ११ बजेको समयमा उनले सिंहदरबारमा पदभार ग्रहण गर्ने लागेकी हुन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको हो ।
गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि पदभारको कार्यक्रम रोकिएको थियो ।
आज पदभार ग्रहण गरेर प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेकी छन् । उनले मन्त्री नियुक्तिका लागि छलफल गरिरहेकी छन् । आजै मन्त्रीको नामावली टुंगो लगाउने र नियुक्ति गर्ने तयारी उनको छ ।
जेनजी आन्दोलनले सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यसै दिन शपथ लिएर संसद विघटन गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीले पहिलो दिन शनिबार आन्दोलनका घाइतेहरुलाई अस्पताल पुगेर भेटेकी थिइन । कार्की शनिबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छिन् ।





प्रतिकृया दिनुहोस्