प्रहरीद्वारा मन्दिर परिसर सरसफाई

चक्र मल्ल
डोटी साउन २६(ई–रैवार): नेपाल प्रहरीले प्रसिद्ध शैलेश्वरी मन्दिर परिसर सरसफाई गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीको नेतृत्वमा गएको जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले आईतबार बिहान मन्दिर परिसर सरसफाई गरेको हो ।
साउनको महिना चलिरहेकाले शैलेश्वरी मन्दिरमा दर्शनार्थीहरुको व्यापक भिडभाड हुन्छ । त्यसमा पनि सोमबार अन्य दिनको तुलना दोब्बर बढी भिड हुनेगर्दछ । यस्तो अवस्थामा मन्दिरमा फोहोरमैला नबढोस भनेर प्रहरीले निरन्तर सरसफाई गरिरहेको प्रहरी उपरीक्षक माझीले बताए । उनले भने, ‘भिडभाडमा मन्दिरमा फोहोरमैला पनि बढ्नसक्छ । साथै बर्षायाममा परिसरमा अनावश्यक झार उम्रिएर मन्दिर सुन्दरता बिगारिरहेका हुन्छन् । त्यसलाई सफा गर्न प्रहरीले सहयोग गर्नुपर्छ भनेर आएका हौ ।’
नेपाल प्रहरी प्रहरी र जनताको सम्बन्धलाई सुमधुर बनाउन बिगतदेखी नै बिभिन्न अभियान चलाउदै आएको उनले बताए । ‘यही क्रममा हामी यस्ता सामाजिक कामपनि गर्छौ । जसले प्रहरीको स्वस्फूर्त सामाजिक दायित्व निर्वाह पनि हुने तथा प्रहरी र समुदायको सम्बन्धमा पनि सहयोग पुग्छ,’ उनले थपे ।





प्रतिकृया दिनुहोस्