May 3, 2026, Sunday
२०८३ बैशाख २०

संविधानको रक्षा र राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न माग गर्दै नेविसंघले गर्‍यो प्रदर्शन

काठमाडौं : संविधानको रक्षा र राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले संविधान रक्षा, राष्ट्रपति पौडेलको अवस्था सार्वजनिक गरिनुपर्ने र सर्वपक्षीय बैठकको माग गर्दै प्रदर्शन गरेको हो।

नेविसंघले ‘राष्ट्रपतिको अवस्था सार्वजनिक गर’ लगायत लेखिएको प्लाकार्डसहित नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। जेनजीको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। 

अन्तरिम सरकार बनाउनेबारे नेपाली सेनाकहाँ छलफल भए पनि निष्कर्ष निस्किसकेको अवस्था छैन।