May 3, 2026, Sunday
२०८३ बैशाख २०

कारागार प्रशासनले जोगाउन नसक्ने भनेपछि नख्खुबाट निक्लिए रवि

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए ।

आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ ।

प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए ।

अहिले रविलाई भेट्न हजारौँ समर्थक नख्खु पुगेका छन् । त्यहाँ सेतो पोशाकमा देखिएका रविले समर्थकलाई अभिवादन गरेका छन ।