May 3, 2026, Sunday
२०८३ बैशाख २०

बालेनले भने- राजीनामा आइसकको छ, अब संयमित हुनुहोला

काठमाडौं : काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले प्रधानमन्त्रीको राजीनामा आइसकेको बताउँदै आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका छन्।

‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेएनजीको  आन्दोलन हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय जेएनजी,  तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ ,अब संयमित हुनुहोला !’ 

उनले जनधनको क्षति भनेको मुलुककै सम्पत्ति रहेको बताएका छन् । ‘देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हो ,तपाईँ–हामी अब संयमित हुनु जरुरी छ ,’ उनले लेखेका छन्, ‘अब तपाईँको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।तयार रहनुहोला !’

मेयर बालेन साहले संसद् विघटनको माग पनि गरेका छन्। प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो आह्वान गरेका हुन्।