May 3, 2026, Sunday
२०८३ बैशाख २०

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, संवादमार्फत् अघि बढ्न अपील

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री ओलीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । 

एक अपिल जारी गर्दै प्रधानमन्त्रीले ‘हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी छु’ भनेका छन् ।

कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै अपनाउने विधि भएको उल्लेख गरेका छन् ।

उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको उल्लेख गर्दै उनले आजै साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेको बताएका हुन् ।

उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति आफू दुखी रहेको बताएका छन् । उनले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यो विषम परिपिस्थतिमा संयम रहन अनुरोध समेत गरेका छन् । तर, आन्दोलनकारीले देशभर व्यापक आन्दोलन गरिरहेका छन् ।