सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी, मन्त्रीको गाडी तोडफोड

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेका छन् । सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज पुन: देशभर प्रदर्शन चर्किएको छ ।
मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भित्रै प्रवेश गरी तोडफोड गरेका छन् ।
सरकारको दमको विरोधमा मंगलबार दिउँसो कैलाली बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म पुगेको हो । नाराबाजी गर्दै अघि बढेका आन्दोलनकारीहरु कार्यालय परिसरमै पुगेपछि स्थिति तनावग्रस्त बनेको छ ।
आन्दोलनकारीहरुले कार्यालय परिसरमा प्रवेश गरी ढुंगामुढा गर्नुका साथै केही गाडीमा तोडफोड गरे । अचानक बढेको भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपि स्थिति नियन्त्रणमा आउन केही समय लागेको बताइएको छ ।





प्रतिकृया दिनुहोस्