सम्झना मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागि कारागार चलान, तीन जना रिहा

कञ्चनपुर : जिल्ला अदालत कञ्चनपुरले सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कञ्चनपुरको बेलडाँडीका १७ वर्षीय भट्ट मृत्यु प्रकरणकमा पक्राउ परेका उनका श्रीमान पवन भट्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
कञ्चनपुर जिल्ला अदालतले सम्झनाका श्रीमान् भट्टलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ भने सासू ससुरा र दिदीलाई भने धरौटीमा छोड्न आदेश दिएको जनाएको हो ।
सम्झनाका माइती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको बिहीबार अदालतमा भएको थुनछेक बहसबाट मृतकका श्रीमान् पवन भट्ट पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
कञ्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र बहादुरले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा मृतकका ससुरा हरिदत्त भट्ट र दिदी पूजा भट्टलाई धरौटीमा छाड्ने आदेश भएको छ भने सासू किरण भट्टलाई साधारण तारेखमा छोड्ने आदेश भएको बताए।
सूचना अधिकारी राजेन्द्रका अनुसार, बिहीबार न्यायाधीश राजेन्द्र भण्डारीको एकल इजलासले ससुरा हरि र दिदी पूजाबाट जनही एक/एक लाख धरौटी लिन आदेश भएको हो ।
सो आदेश अनुरूप तीन जना रिहा भएका हुन भने मृतकका श्रीमान् पुर्पक्षका लागि कारागार चलान गरिएका छन् । गत साउन १८ गते बिहान सम्झना घरमा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस्