May 3, 2026, Sunday
२०८३ बैशाख २०

श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस् : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस् भनि शुभकामना दिइका छन् । कृष्ण जन्माष्टमीको अबसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका हुन्। उनले श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस् भन्दै शुभकामना दिए।

उनले लेखेका छन्, ‘आज कृष्ण जन्माष्टमी, कर्म, ज्ञान र प्रेम (भक्ति)को बाटो देखाउने श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस्। कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !’