नेपालबाट थप दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्न सहमति

काठमाडौँ : नेपालबाट थप २०० मेगावाट विद्युत् निर्यातका लागि भारत सरकारसँग सहमति भएको छ । हरियाणा राज्यलाई विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त भएको उर्जामन्त्री दीपक खड्काले बताए ।
योसँगै नेपालबाट निर्यात हुने कुल विद्युत् क्षमता १,१४०.७ मेगावाट पुगेको छ । जसमा हरियाणालाई मात्र ४३५.२ मेगावाट बिक्री हुने भएको छ । यो विद्युत् आपूर्ति देशभरका ३४ जलविद्युत् आयोजना मार्फत गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपालको ऊर्जा निर्यात विस्तारतर्फको अर्को महत्वपूर्ण उपलब्धि हासिल भएको छ । यसले राष्ट्रिय आम्दानी वृद्धिसँगै दिगो ऊर्जा विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिइएको छ ।
नेपालले आव २०८१/८२ आर्थिक वर्षमा करिब साढे १७ अर्ब रुपैयाँको बिजुली निर्यात गरेको थियो । बंगलादेशसँग पहिलो पटक दैनिक ४० मेगावाट र भारतसँग करिब ८ सय मेगावाट बिजुली निर्यात हुँदै आएको छ ।
गत आवमा विद्युत् व्यापारमा नेपाललाई करिब साढे चार अर्ब फाइदा भएको थियो । स्वदेशमा उत्पादन वृद्धि र निर्यात बढे पछि विद्युत् निर्यात गरेर नेपालले व्यापार घाटा बढाउन सक्छ । नेपालले भारतबाट खरिद गरेको विद्युत् भन्दा नेपालबाट निर्यात हुने बिजुली चार अर्ब ५४ करोड रुपैयाँ बढी रहेको छ । अधिकांश वस्तुमा नेपालले व्यापार घाटा व्यहोरिरहेको अवस्थामा आर्थिक वर्ष २०८१÷८२मा विद्युतमा नेपालले खरिदको तुलनामा बिक्री धेरै गरेकाले नफा देखिएको हो ।
२०८१÷८२मा नेपालबाट १७ अर्ब ४६ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा बढी हो । आव २०८१÷८२ मा नेपालबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो । विद्युत् आयातको परिमाण क्रमशः घट्दै गएको छ ।
सरकारले वैदेशिक बजारमा विद्युत् निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताए । ‘नेपालको जलविद्युत् क्षमता, उत्पादन क्षमता व्यवस्थापन र छिमेकी मुलुकहरूसँगको विश्वासप्रद सहकार्यको प्रतिफलले निर्यात बढाउन सफल भएका छौँ,’ खड्काले भने ।
गत आवमा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो । नेपाल विद्युत् प्राधिकरणले आ.व. २०८१/०८२को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ । निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । विद्युत् व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा साबित भएको मन्त्री खड्काले बताए ।
विद्युत् निर्यातको भारतमा सीमित नभई बङ्गलादेश पनि भएको छ । बङ्गलादेशसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । जुन आगामी दिनमा अझै विस्तार हुने सम्भावना छ । बङ्गलादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बिक्री हुँदै आएको छ । जसले विदेशी मुद्रा आम्दानीमा समेत सकारात्मक प्रभाव पारेको छ ।
नेपालले बंगलादेशमा पहिलो पटक व्यावसायिक रूपमा डलरमा विद्युत् निर्यात थालेको हो । भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेडमार्फत बङ्गलादेशसम्म बिजुली पुर्याउने रणनीति सफल भएको छ ।
वर्षायाममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा (डे अहेड र रियल टाइम मार्केट) निर्यात गर्न थालिएको प्रणालीले ठूलो लाभ दिइरहेको छ । साथसाथै, भारतमा एनभीभीएनमार्फत मध्यकालीन सम्झौताका आधारमा समेत नियमित आपूर्ति भइरहेको छ ।
नेपालले अहिले भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइन तथा भारत–बङ्गलादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत नेपाली विद्युत् बङ्गलादेशसम्म पुग्न थालेको छ ।
नेपाललाई केवल ऊर्जाको आत्मनिर्भर देश बनाउने मात्र होइन, ऊर्जा कूटनीतिको क्षेत्रमा पनि अग्रणी बनाउने दिशामा सार्थक पाइला चालेको छ । नागरिकबाट




प्रतिकृया दिनुहोस्