May 3, 2026, Sunday
२०८३ बैशाख २०

विपिन जोशीको खोजीमा आमा र बहिनी इजरायल प्रस्थान

धनगढी : विपिन जोशीको खोजीमा उनकी आमा र बहिनी इजरायल प्रस्थान गरेकी छन् । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका हुन।

इजरायल सरकारले विपिनको रिहाइका लागि अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ उनीहरूलाई त्यहाँ लागेको हो। नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो ।

विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। जसअनुसार विपिन वि.सं. २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्। हमासद्वारा कब्जा गरिएका कैयन् बन्दी रिहा भइसक्दा उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।