May 3, 2026, Sunday
२०८३ बैशाख २०

देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। त्रिशूलीलगायत देशका विभिन्न नदीहरूको जलसतह बढेको भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन उनले अपिल गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘त्रिशूली नदी लगायत केही नदीहरूको जलसतह बढेका समाचारहरू आएका छन्। जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔँ।’

उनले विपद्को समयमा आवश्यक सहयोगका लागि विपत् व्यवस्थापन विभागले तोकेका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूसँग सम्पर्कमा रहन पनि सर्वसाधारणलाई सुझाएका छन् ।

प्रधानमन्त्री ओलीले व्यक्तिगत सुरक्षालाई प्राथमिकतामा राख्दै अरूको सुरक्षामा पनि ध्यान दिन आग्रह गरेका छन् । उनले भने, ‘आफू सुरक्षित होऊँ, अरूलाई पनि सुरक्षित राखौँ।’