April 18, 2026, Saturday
२०८३ बैशाख ५

जिपको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । जिपको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका(३ दैजीमा जिपको ठक्करबाट दिपक चन्दको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको विद्युतीय स्कुटर र महेन्द्रनगरबाट पूर्वतर्फ गईरहेको सु.प.प्र. ०४–००१ च ००१३ नम्बरको जिपले मंगलबार साँझ ठक्कर दिँदा भीमदत्त नगरपालिका-१५ गोबरियाका ४० वर्षीय दिपक चन्दको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चन्दको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।