May 1, 2026, Friday
२०८३ बैशाख १८

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी, गृहमन्त्री लेखकले भने- गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा हुँदैन

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । दोस्रो दिनको बैठकमा केन्द्रीय पदाधिकारी र सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको बैठकमा पनि नेताहरुले धारणा राख्ने क्रम जारी खाखेका हुन । केन्द्रीय कार्यसमिति बैठकमा गृहमन्त्री एवं केन्द्रिय सदय रमेश लेखकले नेकपा एमालेसँगको गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा नहुने बताए । उनले अन्य दललाई पनि समावेश गरेर गठबन्धनलाई थप सशक्त बनाउन लाग्नु कांग्रेसका लागि फलदायी हुने बताएका छन् ।

‘गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौँ । अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ,’ गृहमन्त्री लेखकले बैठकमा भने, ‘अहिले अर्को विकल्पमा कुरा गर्न थाल्यौ भने गन्तव्यमा पुग्दैनौँ । कांग्रेसलाई ठिक हुँदैन । यही गठबन्धनमा कमीकमजोरीलाई सुधार गर्दै अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ ।’

संयुक्त सरकार सञ्चालनका आधारभूत मान्यता, परम्परा र अभ्यासलाई उपयोग गरेर सरकार सञ्चालनको प्रयास भइरहेको समेत उनले बताए । गृहमन्त्री लेकले अगाडि भने,‘प्रयास गर्दागर्दै पनि कमीकमजोरी हुन्छन् । धेरै साथीहरू सरकारमा बस्नुभएको छ, नबसेका साथीहरूले पनि अवस्था बुझ्नु भएकै छ ।’

केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा। डिला सङ्ग्रौला, रमेश लेखकले धारणा राखेका थिए ।

त्यस्तै किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उदयशमशेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोदकुमार चौधरी, गुरू बराल, उर्मिला नेपाल केसी, सीताकुमारी राना, राधा घले, सीतादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले आ–आफ्नो धारणा राखेका थिए ।

विभिन्न प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक भोलि असार १८ गते दिउँसो साढे १२ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।