दुई तिहाईको ओली सरकार राष्ट्रियसभामा अल्पमतमा

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ। जसपा नेपालको ९ र १० गते बसेको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रवक्ता मनिष सुमनले बताए।
अब जसपा संसद्को प्रतिपक्ष बेन्चमा बस्ने छ र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने उनले बताए।
५९ सदस्य रहेको राष्ट्रिय सभामा बहुमत पुग्न ३० सांसद चाहिन्छ। जसपा नेपालबिना सत्तापक्षको संख्षा पुग्दैन।
अहिलेको राष्ट्रिय सभामा माओवादीको संख्या १८, नेपाली कांग्रेस को १६, नेकपा एमालेको ११, एकीकृत समाजवादीको ८, जसपा नेपालको ३, जनमोर्चा १, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ र एक जना स्वतन्त्र (बामदेव गौतम) छन्।
यसर्थ सत्तापक्षसँग अब कांग्रेस, एमाले र लोसपा गरेर २८ सिट मात्र हुन्छ। त्यसमा वामदेव गौतमले समर्थन गरे भने सरकारको पक्षमा २९ पुग्छ। तै पनि बहुमत हुनलाई एक जना पुग्दैन।
राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्यो भने कानुनी रूपमा सरकार ढल्दैन, तर सरकारले संसद्मा ल्याएका विधेयकमाथिको बिजनेस भने प्रभावित हुन सक्छ।





प्रतिकृया दिनुहोस्