एमालेको आरोप-रास्वपा र राप्रपाले असंसदीय व्यवहार देखाए

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् अवरोध गरेर असंसदीय व्यवहार देखाएको आरोप लगाएको छ। बुधबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले प्रतिपक्षी दलले संसदमा अवरोध र नाराबाजी गर्नु अनुचित रहेको ठहर गरेको हो।
एमालेले भिजिट भिसामा उच्चस्तरीय छानबिन समिति बनाउनु सकारात्मक रहेको बताएको छ।बैठकले असंसदीय व्यवहार नदेखाउन ध्यानाकर्षण गराएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए। यस्तै एमालेले संसदीय मर्यादा कायम गर्न पनि आग्रह गरेको छ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै संसद् अवरोध गर्दै आएका छन्। सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न शंकर दास बैरागीको नेतृत्वमा समिति गठन गरेको छ। तर रास्वपा र राप्रपाले बैरागीको नेतृत्वको समिति मान्य नहुने भन्दै विरोध गर्दै आएका छन्। ए





प्रतिकृया दिनुहोस्