May 3, 2026, Sunday
२०८३ बैशाख २०

पतञ्जली जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री नेपालसँग ३५ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू नारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपालसँग ३५ लाख धरौटी मागेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दाको बयान र थुनछेक बहसका लागि नेपाल बुधबार विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतले चार पेज लामो आदेशमा जारी गर्दै धरौटी माग्नुको कारण उल्लेख गरेको छ।
आदेशले जग्गा खरिद बिक्रीका निर्णय, हदबन्दी छुटका प्रस्तावहरू, तत्कालीन सचिव त्रिलोचन उप्रेती र मन्त्री डा. मिनेन्द्र रिजाललगायतको बयानलाई आधार मान्दै विशेष अदालत ऐनको दफा ७(घ) अनुसार धरौटी मागेको हो । उक्त दफामा थुनामा राख्न नपर्ने आरोपितसँग धरौटी माग्न सकिने व्यवस्था छ ।