April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिममा गरिबी घटाउन खुल्ला छलफल गर्न तयार छौं : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको गरिबी कसरी घटाउन सकिन्छ भन्ने विषयमा खुला छलफल गर्न तयार रहेको बताएका छन् । 

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमले मंगलबार धनगढीमा आयोजना गरेको प्रदेश सरकार र प्रदेशमा कार्यरत विकास साझेदारहरुले गरेका असल अभ्यासहरुको आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् । 

उनले प्रदेशको प्रत्येक तीन जनामा एकजना निरपेक्ष गरिब भएको तथ्यांक रहेको बताउँदै त्यसलाई न्यूनिकरण गरी मानब सूचकांकमा अगाडि ल्याउन निजी क्षेत्रका साथै सरकारी तथा गैरसरकारी संस्थाहरुसँग खुल्ला छलफलका लागि आह्वान गरे । 

सुदूरपश्चिम प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकारको प्रमुख कार्यक्रम, प्राथमिकता र अपेक्षा प्रस्तुत गरेको कार्यक्रममा गैह्रसरकारी संस्था महासंघ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तर्राष्ट्रिय विकास साझेदारको साझा प्रस्तुति रहेको थियो ।