June 19, 2025, Thursday
५ असार २०८२, बिहीबार

सुदूरपश्चिम प्रदेशको सुरक्षा अबस्था बारे मुख्यमन्त्री शाहले गरे छलफल

धनगढी । सुुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरुसँग प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था लगायत विविध विषयमा छलफल गरेका छन्।

शुुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकमा प्रदेशको शान्ति सुरक्षा सम्बन्धी समसमायिक विषय छलफल भएको हो ।

छलफलमा लागुऔषध नियन्त्रण, सीमामा हुने आपारिधिक क्रियाकलाप नियन्त्रण र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालय जनाएको छ।

बैठकमा सीमा क्षेत्रमा बढाइएको सुरक्षा निगरानी, सीमामा हुने लागुुऔषध नियन्त्रण, आपराधिक क्रियाकलाप नियन्त्रण र चोरीका घटनाहरु बढी रहेको अवस्थामा सीमा निगरानी कडाइका सुरक्षा निकायले ध्यान दिनु पर्ने मुख्यमन्त्री शाहले बताएका थिए ।

बैठकमा लागुऔषध प्रयोगकर्ताभन्दा व्यापारीहरुलाई समात्न सुरक्षाको प्रभावकारितालाई बढाइएको सुरक्षा निकायले बताएका थिए ।

छलफलमा विभागिय मन्त्रीहरु, विभागिय सचिब, प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायमा प्रमुखहरूको सहभागीता रहेको थियोे ।