April 25, 2025, Friday
१२ बैशाख २०८२, शुक्रबार

सुन मूल्यमा बन्यो नयाँ रेकर्ड, एकै दिन ५ हजार ७ सयले बढ्यो

काठमाडौँ । सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ हजार बढेको सुन मूल्य बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ। सुनको यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ। यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो।

त्यस्तै चाँदीको मूल्य पनि ६५ रुपैयाँ बढेको छ। अघिल्लो दिन १ हजार ८ सय ३५ रुपैयाँ रहेकोमा चाँदीको मूल्य आज बढेर १ हजार ९ सय रुपैयाँ पुगेको छ।