April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वबियु अध्यक्षका लागी कैलाली बहुमुखी क्याम्पसमा नेविसघंका दुई जनाले दिए बागी उम्मेदवारी

धनगढी । कैलाली बहुमुखी क्याम्पसको स्वबियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसघं) का दुई जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन । नेविसघंका नेता तेज जंग मल्ल र निवर्तमान स्ववियु कोषाध्यक्ष समेत रहेकी नेता अम्बीका चौधरीले सभापतिमा बागी उम्मेदवारी दर्ता गराएका हुन ।

टिकट बितरणमा नेविसघंका अध्यक्ष मनिस कुँवरले एकलौटी गरेको भन्दै मल्लले स्वतन्त्र र चौधरीले स्वतन्त्र बिद्यार्थी एकता समुहनै बनायर बागी उम्मेदवारी दिएका हुन ।

मल्ल नेविसघंका पूराना नेता हुन भने चौधरी निवर्तमान कैलाली बहुमुखी क्याम्पसकी स्ववियु कोषाध्यक्ष हुन । चौधरीको स्वतन्त्र बिद्यार्थी एकता समूहबाट सचिव पदमा रोहित रावत, कोषाध्यक्षमा खेमराज भट्टराई र सदस्यहरूमा लोकराज ओझा, आकाश कुमार धामी, दल बिष्टले उम्मेदवारी दिएका छन ।

यता नेविसघले सन्तोष पन्तलाई सभापतिको उम्मेदवार बनाएको छ । उनी अघिल्लो कार्यकालका सचिव पनि हुन । त्यस्तै सचिवमा ओम प्रकाश अवस्थी र कोषाध्यक्षमा प्रमिला शाहलाई अघि सारेको छ ।

त्यस्तै अनेरास्वयिूले निर्वतमान स्ववियू अध्यक्ष यमराज जोशीलाई नै अध्यक्षमा दोहोर्याएको छ भने सचिबमा किरण प्रसाद उपाध्यायलाई उमेदवार बनाएको छ ।

अखिल क्रान्तिकारीमा अघिल्लो निर्वाचनमा अध्यक्ष लडेका पवन सुनारलाई नै दोहोर्याने भएको छ भने सचिवमा लोकेन्द्र चौधरी र कोषाध्यक्षमा धर्मराज तिमिल्सिना उमेदवार बनेका छन ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम प्रदेशकै प्रतिष्ठित कलेजको रुपमा रहेको छ । आफ्नो संगठनको गरिमाका लागि पनि कैलाली बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनलाई अत्यन्तै रोचकताका साथ हेरिने गरिनछ ।