March 10, 2025, Monday
२६ फाल्गुन २०८१, सोमबार

कैलाली विद्या निकेतनको रजत जयन्ती शुभारम्भ, मनायो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

धनगढी । कैलाली विद्या निकेतन सेकेण्डरी स्कुलले रजत जयन्ती शुभारम्भ गरेको छ । आफ्नो रजत जयन्ती शुभारम्भसंगै मंगलबार कैलाली विद्या निकेतनले २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमगरी मनाएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस रोडमा रहेको स्कुलले एक कार्यक्रमका बीच आफ्नो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस तथा रजत जयन्ती शुभारम्भ विविध कार्यक्रमगरी मनाएको स्कुलका प्रिन्सिपल टोपेन्द्र शाहले बताएका हुन।

राष्ट्रिय गानका रचनाकार तथा लेखक प्रदिप कुमार राई (ब्याकुल माइला) ले कैलाली बिद्या निकेतनका बिद्यार्थीहरुले राष्ट्रिय भाव बोकेका गीतहरुमा नृत्य प्रस्तत गरेर राष्टियताको भावना बढाएको बताए । उनले कैलाली बिद्या निकेतनले यस क्षेत्रकै उत्कृष्ट नमुना बिद्यालयको रुपमा सफलता हासिल गरेको उल्लेख गर्दै थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।

ब्याकुल माइलाले समाजको स्तर बिद्यालयले मापन गर्ने र बिद्यालयहरु सभ्यताको परिचायक भएको बताउदै अभिभावकहरुले बालबालिकाहरुलाई बिद्यालय पठाउने कार्य मात्र नगरेर अन्य कुरामा बढी ख्याल गर्नुपर्ने बताए ।

स्कुलकी संस्थापक प्रिन्सिपल रेखा सिंहको सभापतित्वमा भएको कार्यक्रममा भाषा, साहित्य,कला, संस्कृति, पत्रकारिता, शिक्षा लगायतका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरु लार्ई सम्मान गरिएको थियो ।

स्कुलले आफ्नो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरमा खेलकुद, संस्कृतिक कार्यक्रम तथा बिभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरेको प्रिन्सिपल टोपेन्द्र शाहले बताए ।

कैलाली विद्या निकेतन स्कुलले आफ्नो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस तथा रजत जयन्ती शुभारम्भ कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार तथा लेखक प्रदीप कुमार राई (व्याकुल माइला) व्याकुल माइला, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य कर्ण शाह र मीन बम सम्मानित भएका छन् ।

त्यस्तै सम्मानित हुनेमा हेमराज ओझा, यादव प्रसाद जोशी, मालमती राना, कैलास प्रसाद दाहाल, रामजि हमाल, पदम राज जोशी, मनिराज जोशी, यज्ञराज यात्री, आर.सि. यादव, सि.वि.चन्द, प्रेमनिधि ओझा, ललतिराज पन्त,हर्ष बहादुर शाही, धनप्रसाद जोशी, कृष्ण जोशी, रतन खाती, नरेन्द्रराज रेग्मी लगायत रहेका छन् ।

राष्ट्रिय गीतका रचनाकार तथा लेखक प्रदीप कुमार राई (व्याकुल माइला) व्याकुल माइलाले उनीहरूलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए । कार्यक्रममा धनगढी इन्जिनियरिङ कलेज नाष्टका निर्देशक शिवहरी मुडभरी, पञ्चोदय माध्यमिक विद्यालयका पूर्व प्राचार्य यादव जोशी, ग्रार्डङ इङलिस बोडिङ स्कुलका प्रिन्सिपल कैलाश दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयले शैक्षिक तथा खेलकुद कार्यक्रममा विजेताहरुलाई पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा स्कुलका प्रिन्सिपल टोपेन्द्र शाहले स्वागत मन्तव्य सँगै स्कुलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

बि.सं. २०५६ सालमा स्थापना भएको कैलाली विद्या निकेतनमा हाल कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्यापन गराई रहेको छ । कैलाली विद्या निकेतनले २५ औ बर्ष प्रबेशको अवसर पारेर श्रीपन्चमीको दिन रजत जयन्तीको लोगो सार्बजनिक गरेको थियो ।