कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।
काग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार देउवाले शुक्रबार अपराह्न ४ बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन ।
‘मुख्य तीन एजेन्डामा छलफल गर्न सभापतिज्यूले अपराह्न ४ बजे पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक सभापति निवास बुढानीलकण्ठमा बोलाउनु भएको छ,’ मुख्यसचिव पौडेलले भने ।
बैठकमा संघीयता कार्यान्वयनमा देखा परेका अप्ठ्यारा कसरी समाधान गर्ने, संसद्मा पेस भएका महत्त्वपूर्ण विधेयक यही अधिवेशनबाट कसरी पास गर्ने र भ्रातृ संस्थालाई चैत मसान्तसम्म अधिवेशन गर्न निर्देशन दिँदै बनाएका निर्देशन समितिले के कति काम गरे जानकारी लिने र संस्थागत निर्णय गरेर आवश्यक निर्देशन दिन बैठक बोलाएको मुख्यसचिव पौडेलले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्