भारतबाट एक वर्षको अवधिमा १४ जना महिला तथा बालबालिकाको उद्दार

कन्चनपुर । भारतबाट एक वर्षको अवधिमा १४ जना महिला तथा बालबालिकाको उद्दार गरिएको छ । माइती नेपाल कन्चनपुरले एक वर्षको अवधिमा १४ जना महिला तथा बालबालिकाहरुको उद्दार गरेको हो ।
माइती नेपालले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२४ मा भएको कामकारबाही बारे जानकारी दिदै एक वर्षको अवधिमा १४ जना महिला तथा बालबालिकाहरुको उद्दार गरिएको संयोजक महेश्वरी भट्टले जानकारी दिइन
माइती नेपालले १४ जनामा कंचनपुरका मात्रै ६ जनाको उद्दार गरिएको जनाएको छ । जसमा खटिमा, हरियाणा, शाहजहापुर, राजिस्थान, मुम्बई , पिथौरागढ सहित भारतका स्थानबाट यौनजन्य कार्यमा बन्धक बनाइएका बालबालिका तथा महिलाको उद्दार गरिएको माइती नेपाल कन्चनपुरकी संयोजक भट्टले बताइन् ।
यस्तै , भारतको सुरत बाट सिराहा, दिल्लीबाट धनुषा , पुनाबाट काभ्रेपलान्चोक र तनहुँ, देहरादुनबाट बझाङ र कपिलवस्तुका एक एक महिला तथा बालिकाको उद्दार गरि परिवारको जिम्मा लगाइएको संयोजक भट्टले बताइन् ।
माइती नेपाल कन्चनपुरले यस वर्ष तीन जना माथि मुद्दा पनि चलाइएको छ । कानुनी अडचनका बिच पनि मानव बेचबिखन विरुद्ध एक जना र दुई जना विरुद्ध जबरजस्तीकरणीको मुद्दा दर्ता गरिएको जनाइएको छ ।
पीडित महिला बालिकाहरुले समाजमा बस्न समस्या हुने गरेका कारण मुद्दा चलाउन नमान्ने गरेको संयोजक भट्टले बताइन् । उनले जसकारण पनि सन् २०२४ मा तीन जना विरुद्ध मुद्दा चलाइएको बताइन् । सस्थामा घरेलु हिंसा, लैङ्गिक हिंसामा परेका ३० निवेदन मध्ये २१ वटा समाधान गरिएको जनाएको छ ।
यस्तै सस्थाले २ सय ६८ जनालाई सिमानाका बाट निरोध तथा रोकथाम गरेको छ । गड्डाचौकी सिमानाका बाट १२१ जना, चारलेन पुलमा ३८ जना र झोलुङ्गे पुलमा ३७ जना महिला तथा बालिकालाई रोकथाम गरिएको संयोजक भट्टले जानकारी दिइन् ।
यस्तै , सस्थाले २ सय ९६ जना महिला बालबालिकालाई परिवार संग पुनर्मिलन गराएको छ । माइती नेपाल कन्चनपुरका अनुसार, १८ वर्ष मुनिका ११० बालिका र १० बालकलाई नाकाबाटै उद्दार गरि घर फर्काएको जनाएको छ भने, १८/४५ उमेर समुहका १ सय ४३ जना महिलालाई नाकाबाट उद्दार गरि परिवारको जिम्मा लगाएको हो ।
जसमा ३१ ब्राह्मण , ८८ दलित , ७८ क्षत्री, १६ ठकुरी , ३४ जनजाति (थारु) र २१ अन्य जातिका महिला बालबालिकाहरु रहेका छन् । सस्थाले उक्त अवधिमा १ लाख ३८ हजार ५५० जना व्यक्तिहरुलाई परामर्श प्रदान गरेको जनाइएको छ । महिला तथा बालबालिका बेचबिखन रोक्नका लागि सन् २०२४ मा ८ हजार ३ सय ८९ सवारी साधनमा अनुगम गरिएको संस्थाले जनाएको छ ।
महिला तथा बालबालिका बेचबिखन बिरुद्द जनचेतना फैलाउन सिमानाकामा ३७ हजार ९०२ जना र कार्यालयमा २९६ जनालाई सुरक्षीत बसाईसराई बारे परामर्श प्रदान गरेको सस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्