हिल वर्ल्ड ईङ्गलिसबोर्डिङ स्कुल धनगढीको २० औँ वार्षिकोत्सव आइतबार

धनगढी । कैलालीको हिल वर्ल्ड ईङ्गलिसबोर्डिङ हाई स्कुलको २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको स्कुलले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै वार्षिकत्सवबारे जानकारी दिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर बमले विद्यालय गुणस्तरीय शिक्षा दिन प्रयत्नशील रहेको बताएका छन् । यस विद्यालयबाट शिक्षा हासिल गरेका विद्यार्थीहरू डाक्टर, इन्जिनियर, सिएसम्म भएर मुलुकमा आवश्यक सेवा पु¥याई रहेको उनले बताए ।
स्थापनाकालमा पहिलो वर्ष ३५ जना विद्यार्थीबाट सुरु गरिएको यस विद्यालयमा हाल आएर ५५० जना विद्यार्थी रहेको उनले बताए । सुदूरपश्चिमका पहाडी जिल्लाका बालबालिकालाई न्यून शुल्कमा सन्तुलित भोजनको प्रबन्ध गरी आवासमा पनि ३५ जना विद्यार्थी रहेको उनले जानकारी दिए ।
शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाएको यस विद्यालयले जिल्ला स्तरीय र एसइईको परीक्षा उल्लेखनीय र प्रभावकारी नतिजा ल्याउन सफल भएको विद्यालयका विद्यालयका संस्थापक प्रिन्सिपल डिआर शर्माले बताए ।
शिक्षामा नवीनतम प्रविधिको प्रयोग गर्दै पठनपाठनलाई प्रभावकारी बनाइएको उनले बताए। अमेरिका तथा युरोपेली मुलुकका शैक्षिक संस्थाहरूको अध्ययन भ्रमणबाट सिकेका उत्कृष्ट अभ्यास विद्यालयमा लागू गरिएको उनले जानकारी दिए।
हिल वर्ल्ड स्कुल २०६१ सालमा कैलालीको बौनियामा स्थापना भएको थियो। सशस्त्र द्वन्द्वपछि विद्यालयलाई धनगढीमा स्थानान्तरण गरिएको हो। उक्त वार्षिकोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले गर्ने कार्यक्रम तय गरिएको छ।
प्रतिकृया दिनुहोस्