June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

धनगढीको नोभा हस्पिटलमा मृत भेटिए बिरामी कुरुवा

धनगढी । कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा बिरामीको कुरुवा बसेका एकजना मृत भेटिएका छन् । बिरामी कुरुवा बसेका रवीन्द्र राना शौचालयमा मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना बुधबार राति २ बजेतिर हस्पिटलको शौचालयमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्रसिंह बोहराले १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको बताए । उनका अनुसार राति २ बजेतिर राना शौचालय गएका थिए ।

धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए ।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।