February 28, 2026, Saturday
२०८२ फाल्गुन १६

कांग्रेस नेता महत दिल्ली प्रस्थान, उच्च स्तरीय भेटघाट हुने

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेपाली काँग्रेस निकट नेपाल जनसम्पर्क समितिको आइतबार आयोजना हुने वार्षिक भेलालाई सम्बोधन गर्न उनी दिल्ली उडेका हुन् ।

काँग्रेसका प्रवक्ता समेत रहेका नेता डा. महतको निजी सचिवालयले जनाए अनुसार समितिले नेपाल–भारत सम्बन्ध बीपी विचार प्रवासी समस्या विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना पनि गरेको छ । सो कार्यक्रममा उनले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार कार्यक्रमपछि केही उच्च स्तरीय भेटघाट पनि रहेको छ । तर कोकोसँग भेट्ने अहिले खुलाइएको छैन । नेता महत पूर्व परराष्ट्र मन्त्री पनि हुन् ।

नेपाल–भारत बिच पछिल्लो समय बिग्रिँदै गएको सम्बन्धलाई सुधार गर्न काँग्रेसका नेताहरू दिल्ली आउने जाने क्रम जारी रहेको छ । यसअघि परराष्ट्र मन्त्री समेत रहेकी काँग्रेसकी नेतृ डा. आरजु राणा दिल्ली गएको बेला भारतले खासै महत्त्व दिएको थिएन । त्यसपछि काँग्रेसका नेताहरू भारत आउजाउ गरिरहेका छन् ।

नेता महत सोमबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।