सुदूरपश्चिम प्रहरीको गेटमा डिजिटल बोर्ड ‘ह्याक’ गरेर प्रेम प्रस्ताव ! लेखियो ‘आइ लभ यु चित्रा’ ?

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजीटल बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखिएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कैलालीको धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजीटल बोर्डमा त्यस्तो लेखिएको हो ।
यति बेला प्रहरीको एक डिजिटल बोर्डमा ‘आइ लभ यू चित्रा’ लेखिएको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा ‘भाइरल’ छ। उक्त तस्बिरलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले ‘ट्रोल’ बनाइरहेका छन् ।
प्रहरीका अनुसार सोमबार ह्याकरले उक्त बोर्डलाई ‘ह्याक’ गरेका थिए। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) श्यामकृष्ण अधिकारीका अनुसार अहिले भने उक्त बोर्डलाई प्रहरीले ह्याकरबाट छुटाएर आफ्नो नियन्त्रणमा फर्काइसकेको छ ।
‘त्यसमा सामान्य प्रविधि नै हुन्छ । खै कसरी हो ह्याकरले नियन्त्रण गरेछ । त्यसबारे अनुसन्धान गर्ने र विज्ञहरूसँग आवश्यक छलफल गर्ने काम भइरहेको छ,’ एसएसपी अधिकारीले भने, ‘अझैँ ह्याकर पत्ता लागिसकेको छैन ।’
कुनै आइटी सम्बन्धी जानकारी राख्ने व्यक्तिले आफ्नी प्रेमिकालाई ‘इम्प्रेस’ पार्न उक्त बिजाइँ गरेको प्रहरीको अनुमान छ । अथवा त्यहाँ पर्पोज गरेर प्रभावित पार्न खोजेको पनि हुनसक्छ।
तर, अनुसन्धानपछि पत्ता लागे कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्