March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

लागू औषधसहित कैलालीमा पाँच युवक पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित कैलालीमा पाँच युवक पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच युवक पक्राउ परेका हुन् ।

शनिबार बेलुकी टीकापुर नगरपालिका-२ विजयनगरबाट लागुऔषध सेवन गरिरहेको अवस्थामा टीकापुर-१ बस्ने २५ वर्षीय श्याम चौधरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । 

उनीहरुलाई ४० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएको हो । 

यसैगरी, गोदावरी नगरपालिका-१ भगतपुरबाट सोही ठाउँ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरीलाई २१० मिलिग्राम, धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट गोदावरी-३ बस्ने ३४ वर्षीय दीपक चदारालाई ४२० मिलिग्राम र  धनगढी-४ बसपार्कबाट दार्चुलाको व्यास गाउँपालिका-६ खातीगाउँ बस्ने २६ वर्षीय रवीन्द्र सिंह भण्डारीलाई १३० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । 

पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।