रवि लामिछानेले हुन्डीबाट मार्फत ७५ लाख अमेरिका पठाएको पुष्टि

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेमाथि मुकुल ढकालले लगाएको आरोप पुष्टि भएको छ । रविले हुण्डीमार्फत अमेरिकामा पैसा पठाएको भन्दै ढकालले लगाएको आरोप काठमाडौँ प्रहरीले पुष्टि गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको जाहेरी पत्रका अनुसार लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम ७५ लाख १० हजार रुपैयाँ अमेरिका पठाएको अनुसन्धानबाट भेटिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको फेला परेको हो । पार्टी निस्काशनमा परेपछि मुकुलले भनेका थिए, लामिछानेले नेपालबाट हुन्डी गरेर रकम अमेरिका पठाउने गरेका छन्। लामिछानेले हुन्डीमार्फत् अमेरिकामा पठाएको रकमको ब्यवस्थापन रास्वपाकै केन्द्रीय सदस्य मोहन थापाले गर्दै आएका थिए। अमेरिकामा हुँदा मोहन थापा र रवि सँगै बस्ने गरेका थिए।
ढकालले अन्तर्वार्ताका क्रममा पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा प्रहरीका सरुवा बढुवामा पैसा खाएको र उक्त रकम हुन्डीमार्फत् अमेरिका पठाउने गरेको बताएका थिए। हुन्डीमार्फत् पठाइएको उक्त रकम रास्वपाका केन्द्रीय सदस्यद्वय मोहन थापा र गोमा क्षेत्रीले अमेरिकामा बुझ्ने गरेको उनले बताएका थिए।
‘अमेरिकामा रास्वपाका मोहनजंग थापा र गोमा क्षेत्री भन्ने दुई जना केन्द्रीय सदस्य हुनुहुन्छ । गोमा क्षेत्रीको नामबाट प्रत्येक महिना अढाइ लाखको दरले पार्टीलाई पैसा पनि आउँछ । यो लेनदेन अमेरिकामा हुन्छ, लेनदेन यहाँबाट प्रमाणीकरण हुँदैन,’ मुकुलले भनेका थिए।
त्यतिखेर मुकुलको निकै आलोचना भएको थियो। तर, प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् आइतबार जिल्ला अदालत काठमाडौंमा दायर मुद्दाले यो पुष्टि गरेको छ कि रविले अमेरिकामा पैसा पठाउने गरेका थिए।
लामिछानेको नामबाट रेमिटेन्सबाट विदेशमा ७५ लाख १० हजार गएको देखिन्छ। २०२१ सेप्टेम्बर ११ मा १७ लाख ८२ हजार, त्यही मितिमा तीन हजार पाँच सय ६४, सन् २०२२ मार्च १३ मा २२ लाख ११ हजार, २०२२ मार्च २७ मा २१ लाख ९५ हजार रेमिटेन्सबाट विदेशमा रकम गएको देखिन्छ। यसैगरि २०२२ सेप्टेम्बरमा पुन १३ लाखसहित गरेर ७५ लाख रेमिटेन्सबाट विदेशमा रकम गएको विवरणमा देखिन्छ।
_lh6j3EdxwO.jpg)





प्रतिकृया दिनुहोस्